सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिनुपर्छ : प्रकाशमान सिंह

नेपालभ्युज

सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिनुपर्छ : प्रकाशमान सिंह
फाइल तस्वीर

सुनसरी।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको मुखमा सरकारले ग्यास र डिजेल लगायतका इन्धनको मूल्य बढाएर गल्ती गरेको बताएका छन्।

कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले जनतालाई राहत दिने ठाँउमा सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर जनतालाई मारमा पारेको बताएका हुन्। उनले सरकारसँग तत्काल पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिन माग गरेका छन्।

त्यस्तै उनले कांग्रेसको नेतृत्व परिवर्तन नभएसम्म जनताले कांग्रेसलाई बिश्वास नगर्ने उल्लेख गरे। उनले पटक पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पुरा गर्न नसक्ने नेतालाई पुन जिम्मेवारी दिए पार्टीको अवस्था अझै धेरै बिग्रने उल्लेख गरे।

उनले केही जिल्लामा क्रियाशिल सदस्यता विवाद कायम रहेको भन्दै विधि र विधानका आधारमा समाधान गर्नुपर्ने र महाधिवेशन गर्नुपर्ने धारणा राखे।

त्यस्तै नेता सिंहले न्यायलयमा देखिएको समस्या संविधान अनुसार समाधान हुनुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved