पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य फेरि बढ्यो

नेपालभ्युज

काठमाडौं। पेट्रोलियम पदार्थ र खाना पकाउन प्रयोग हुने ग्यासको मूल्य फेरि बढेको छ। शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढेको हो।

नेपाल आयल निगमले पेट्रोल र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो। मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३३ तथा डिजेल र मट्टितेल ११६ प्रतिलिटर पुगेको छ।

खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ५० ले बढेर १५०० पुगेको छ। हवाई इन्धन पनि आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर १० रुपैयाँले बढेको छ। यसअघि निगमले भदौ ७ गते पेट्रोल र डिजेल–मट्टितेलको मूल्य बढाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved