टी–ट्वान्टी विश्वकप: वेस्ट इन्डिजको रोमाञ्चक जित, बंगलादेश बाहिरियो

नेपालभ्युज

टी–ट्वान्टी विश्वकप: वेस्ट इन्डिजको रोमाञ्चक जित, बंगलादेश बाहिरियो

काठमाडौँ । टी–ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजले पहिलो जित निकालेको छ। शुक्रबारको खेलमा बंगलादेशमाथि ३ रनको रोमाञ्चक जित हात परेको हो। जितसँगै वेस्ट इन्डिजले सेमिफाइनलको गणितीय सम्भावना कायम राखेको हो। वेस्ट इन्डिजको यो तेस्रो खेलमा पहिलो जित हो। हारसँगै बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ७ विकेट गुमाएर १४२ रनको मध्यम स्कोर तयार गर्‍यो। तर, बंगलादेशी ब्याट्सम्यानले लक्ष्य पूरा गर्न सकेनन्।अन्तिम बलमा ४ रन चाहिएको अवस्थामा वेस्ट इन्डिजका ड्वेन ब्राभोले डट बल फालेपछि बंगलादेशको आसा समाप्त भयो।

यद्यपि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले आफ्ना स्टार खेलाडीका बाबजुद फेरि एकपटक सामान्य प्रदर्शन मात्र गर्न सक्यो। ओपनर क्रिस गेल ४ तथा इभिन लेविस ६ रनमा आउट हुँदा रोस्टन चेसले केही समय धानेका थिए।

१ सय ४३ रनको लक्ष्य पछ्याएको बंगलादेश पनि खराब ब्याटिङको सिकार भयो। उसका लागि लिटन दास र कप्तान महमुदुल्लाहले पाँचौँ विकेटका लागि ४० रनको साझेदारी गर्दै खेलमा बंगलादेशलाई फर्काए।
तर लिटन दास ४४ रनमा ब्राभोको बलमा ज्यासन होल्डरद्धार बाउन्ड्रीमा क्याच आउट भएपछि बंगलादेश दबाबमा परेको थियो। यद्यपि कप्तान महमुदुल्लाहले अन्तिमसम्म आशा कायमै राखे। उनले २४ बलमा ३१ रन बनाए तर अन्तिम बलमा भने उनले रन जोड्न सकेनन्।

बंगलादेशका ओपनर मोहमद नइमले १७ रन बनाउँदा सकिब अल हसनले ९ रनमा आउट भए त्यस्तै सोम्य सरकारले १७ र मुस्फिकुर रहमानले ८ रन बनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved