चितवनमा महाधिवेशन सारेर केपी ओलीले गल्ती गरे–प्रचण्ड

नेपालभ्युज

चितवनमा महाधिवेशन सारेर केपी ओलीले गल्ती गरे–प्रचण्ड
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले चितवनमा महाधिवेशन सारेर गल्ती गरेको बताएका छन् ।
माओवादी केन्द्र भरतपुर महानगर समितिले शुक्रबार गरेको शुभकामना आदान–प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बुटवलबाट महाधिवेशन चितवन सारेर ओलीको अर्को गल्ती गरेको टिप्पणी गरे ।

‘बुटवलमा तय भइसकेको महाधिवेशन एकाएक चितवनमा सारेर केपी ओलीले ठुलो अर्को गल्ती गरे, यो ओली हारेको प्रमाण हो’–अध्यक्ष प्रचण्डले भने ।
उनले बुटवलबाट महाधिवेशन ल्याए पनि यसको फाइदा आफैले उठाउने दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved