इमानदार भएर व्यवसाय गरेमा सफल हुन सकिन्छ: वरिष्ठ उपाध्यक्ष ढकाल

नेपालभ्युज

इमानदार भएर व्यवसाय गरेमा सफल हुन सकिन्छ: वरिष्ठ उपाध्यक्ष ढकाल

पोखरा। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले इमानदार हिसाबले व्यवसाय गर्नेहरू सफल हुने बताएका छन्। शुक्रबार इन्टरनेशनल एसोसिएसन अफ लायन्स क्लबको डिस्ट्रिक्ट क्याबिनेट अफिसर्श स्कूलिङ्ग कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै इमान्दारीहरु कुनै पनि व्यवसायमा सफल हुने बताए।

ढकालले जुन कुनै व्यवसायमा पनि सफल हुन इमानदार र लगनशील भएर लाग्नुपर्नेमा जोड दिए। ‘‘हामीले सन् २००० तिर पूर्ण रुपमा अनौपचारिक रुपमा रहेको रेमिट्यान्स व्यवसायलाई औपचारिक बनाउने काम गर्‍यौँ। र सफल भएका छौँ। इमानदार हिसाबले व्यवसाय गर्ने हो भने कुनै पनि व्यवसायमा सफल हुन सकिन्छ भन्ने पुष्टि भयो’’ उनले भने।

लायन्स क्लब र नेपाल उद्योग वाणिज्य महासंघको नेटवर्क प्रयोग गरी आम पब्लिकको इन्टेस्टमा हुने व्यवसाय गर्न आवश्यक रहेको बताए। नेतृत्व विकास, व्यक्तित्व विकास र समाज सेवामा लायन्स क्लबले खेलेको भूमिकाको प्रशंसा गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यसका लागि लायन्स क्लब र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि सहकार्य हुनसक्ने बताए।

ढकालले कोरोना महामारीपछिको अर्थतन्त्रलाई चलायमान बनाउन लायन्स क्लब र नेपाल उद्योग वाणिज्य महासंघबीच सहकार्य आवश्यकता रहेको बताए। उनले भने ‘‘कोभिडको प्रकोप बिस्तारै कम हुँदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातावरण तयार भएको छ। लायन्स क्लब र उद्योग वाणिज्य महासंघबीच सहकार्य गर्दै मुलुकभित्र लगानी विस्तार तथा नयाँ नयाँ प्रविधि भित्र्याउने र नवप्रवद्धन उद्योग व्यवसायलाई प्रवर्द्धन गर्न आवश्यक छ।’’

उनले अहिलेको उद्योग वाणिज्य महासंघको नेतृत्वले मुलुकमा व्यावसायिक वातावरण बनाउन सरकार तथा अन्य सरोकारवाला निकायसँग निरन्तर वार्ता, संवाद तथा सहकार्य जारी राखेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved