देवकोटा जयन्तीमा चित्रकला प्रतियोगिता हुँदै

नेपालभ्युज

देवकोटा जयन्तीमा चित्रकला प्रतियोगिता हुँदै

काठमाडौं। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिनको अवसरमा चित्रकला प्रतियोगिता हुने भएको छ। हिमालयन फेस्टिबल अफ आर्ट एन्ड लिटरेचरको आयोजनामा देवकोटाको जन्मदिनको अवसर पारेर चित्रकला प्रतियोगिता गर्न लागेको हो।

उक्त खुला कला प्रतियोगितामा जुनसुकै उमेर र मुलुकका नागरिकले भाग लिन पाउने आयोजकले जनाएको छ। देवकोटाको जीवनका विभिन्न कालखण्ड मध्ये कुनै पनि कालखण्डको स्केच तथा पेन्टिङ बनाउन सक्ने फेस्टिबलका निर्देशक अजयमणि पौडेलले जानकारी दिए।

उक्त कलाकृति लक्ष्मी पूजाको अघिल्लो दिन अर्थात् २०७८ कार्तिक १७ गते राती १२ बजे भित्र पठाउनुपर्ने पौडेलले बताए।

सर्वाधिक रुचाइएको एक कलाकृतिलाई ३ हजारसहित पुरस्कृत गर्ने उनले जनाए। उक्त चित्रकलालाई चितवनमा हुने हिमालयन फेस्टिबलमा प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved