अमेरिकाले अफगानिस्तानलाई दिँदै आएको आर्थिक सहयोग कटौती गर्ने

नेपालभ्युज

अमेरिकाले अफगानिस्तानलाई दिँदै आएको आर्थिक सहयोग कटौती गर्ने

अमेरिकाको कंग्रेसले आफ्नो पछिल्लो प्रविदेवनमा अफगानिस्तान पुनर्निर्माणका लागि विशेष अनुसन्धान (एसआईजिएआर) ले अबौँको आर्थिक सहयोगबाट अफगानिस्तानको तालिबानी सरकारको पहुँचलाई बन्देज लगाउने भएको छ।

वाशिंटनले अफगानिस्तानलाई प्रदान गर्दै आएको आर्थिक सहयोग प्रदान नगर्ने बताएसँगै आर्थिक संकटउन्मुख अफगानिस्तान थप समस्यामा पर्ने भएको हो।

अमेरिकाले प्रकाशन गरेको प्रतिवेदनमा जनाइएअनुसार पछिल्लो २० वर्षको अवधिमा वाशिंगटनले १ सय ४६ बिलियन अमेरिकी डलर अफगानिस्तानको पुनर्निर्माणमा खर्च गरेको थियो। यस्तै अमेरिकाले अफगानिस्तानमा खटिएका सेनाको अभ्यस र सहयोगका लागि मात्रै ८९ बिलियन अमेरिकी डलर खर्च गरेको जनाएको छ। हाल अस्तित्वमा नरहेको राष्ट्रिय सुरक्षा दस्ताका लागि अमेरिकाले उक्त रकम खर्च गरेको हो।

प्रतिवेदनमा भनिएको छ, ‘अन्य पुनर्निर्माणका उद्देश्यजस्तै महिला र बालबालिकालाई सहयोग गर्ने र कानूनी राज्यको स्थापनाका लागि गरिएको खर्चमा तालिबानी शासकको हस्तक्षेप हुन थालेको थियो।’

अगष्टमा तालिबानले अमेरिकी सेना समर्थित अफगानिस्तानको सरकारलाई अपदस्त गरेसँगै अमेरिकालगायत अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्था, विश्व बैंक र अन्तर्राष्ट्रिय मुन्द्रा कोषले अफगानिस्तानलाई प्रदान गर्दै आएको ९ दशमलव ५ बिलियन सहयोग कम गर्ने जनाएको थियो।

उक्त निर्णयसँगै अफगानिस्तानको स्वास्थ्यलगायत अन्य क्षेत्रमा ठूलो प्रभाव पारेको थियो। अन्तर्राष्ट्रिय सहयोग अवरुद्ध भएसँगै ती क्षेत्रको काम कारबाही प्रभावित भएको जनाइएको छ।

विश्व बैंकले जनाएअनुसार अफगानिस्तानका कूल १ करोड ४० लाख मानिसमध्ये प्रत्येक तीन जनामा एक मानिस भोकमारीको चपेटामा परेका छन्।

सुलिमान विन शाह, अफगानिस्तानका पूर्वउद्योग तथा वित्तीयमन्त्रीले अमेरिका, विश्वबैंक र अन्तर्राष्ट्रिय मुन्द्रा कोषले अफगानिस्तानलाई सहयोग गर्न छोड्दा त्यसले दीर्घकालसम्म असर पार्ने बताएका छन्।

एजेन्सीको सहयोगमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved