बिना निष्कर्ष टुंगियो न्यायाधीशहरूको बैठक

नेपालभ्युज

बिना निष्कर्ष टुंगियो न्यायाधीशहरूको बैठक

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनरत न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण मुद्दा हेर्नेबारे छलफल भएको छ।

बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ हुन नसक्दा सर्वसाधारणहरू न्यायाधीशविरुद्ध आन्दोलित भएपछि मुद्दा हेर्ने/नहेर्ने भन्ने विषयमा छलफल गर्न बैठक बसेको एक न्यायाधीशले बताए ।

यद्यपि, छलफल बिना निष्कर्ष टुंगिएको छ। ती न्यायाधीशका अनुसार बैठकले अहिले भारतमा रहेका न्यायाधीशहरू सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा काठमाडौं फर्किएपछि बन्दी प्रत्यक्षीकरण मुद्दा हेर्ने/नहेर्ने भन्नेबारे निर्णय लिने निष्कर्ष निकालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved