‘ए’ डिभिजन लिग लिगको टाइसिट सार्वजनिक

नेपालभ्युज

‘ए’ डिभिजन लिग लिगको टाइसिट सार्वजनिक

काठमाडौं। नेपाल फुटबल संघ (एन्फा)ले यो वर्षको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको टाइसिट सार्वजनिक गरेको छ। शुक्रबार एन्फाले एक कार्यक्रमकाबीच टाइसिट सार्वजनिक गरेको हो।

प्रतियोगिता कात्तिक २९ गतेदेखि फागुन १४ गतेसम्म हुनेछ। १४ ओटा ‘ए’ डिभिजन क्लबहरूले प्रतिस्पर्धा गर्ने लिगमा कुल ९१ ओटा म्याच हुनेछन्।

लिगको पहिलो खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगिताको उद्घाटन खेल पहिलो दिन साँझ पाँच बजेदेखि काठमाडौंस्थित दशरथ रंगशालामा ‘फ्लडलाइट’मा खेलाइनेछ। बाँकी खेलहरू भने रंगशालासँगै एन्फा कम्लेक्स सातदोबाटो र च्यासल खेल मैदानमा खेलाइने एन्फाले जनाएको छ।

यो लिगको उपाधि विजेता टिमले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो स्थान प्राप्त गर्नेले २५ लाख नगद उपहार प्राप्त गर्नेछ। लिगको अन्तिम दुई स्थानमा रहने टिम रेलिगेसनमा पर्नेछन्।

मच्छिन्द्र क्लब यो प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved