‘‘चितवनका कांग्रेस खुसी होलान् भन्ठानेको, प्रचण्ड र रेणुलाई लखेट्छौं भन्दा रहेछन्”

नेपालभ्युज

‘‘चितवनका कांग्रेस खुसी होलान् भन्ठानेको, प्रचण्ड र रेणुलाई लखेट्छौं भन्दा रहेछन्”
फाइल तस्वीर

काठमाडौं। नेकपा मा‌ओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन पुगेर नेपाली कांग्रेससँग असन्तुष्टि पोखेका छन्। कांग्रेससँग गठबन्धन गरी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पहल गरेका उनले चितवनका कांग्रेसका नेता तथा कार्यकर्ता आफूहरूविरुद्ध लागेको बताएका हुन्।

चितवनमा नेता तथा कार्यकर्तासँगको भेटघाटमा उनले कांग्रेसका नेता र कार्यकर्तासँग असन्तुष्टि पोखेका हुन्। उनले भने, ‘‘देउवालाई प्रधानमन्त्री बनाउन ठूलो मेहनत गरें, चितवनका कांग्रेस खुसी होलान् भन्ठानेको त प्रचण्ड र रेनुलाई लखेट्छौं भन्ने गरेका रहेछन्।’’

केही समयअघि चितवनका कांग्रेस सभापति जितनारायण श्रेष्ठले चितवनलाई माओवादीमुक्त बनाउने प्रतिक्रिया दिएका थिए। उनले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सन्तोषजनक काम नगरेको भनी आलोचना गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved