प्रचण्ड भन्छन्, ‘ओलीले बालुवाटार छाड्नुपर्दैन भनेर महँगा सामान थुपारेका रहेछन्’

प्रचण्डले आफू र प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारमा ओलीले जोडेका सामान देखेर छक्कै परेको बताए। ‘‘ओलीमा त बालुवाटार छाड्नुपर्छ भन्ने नै रहेनछ नि”, उनले भने, ‘‘बालुवाटारमा ओलीले थुपारेको सामान हेर्दा देउवाजी र म त छक्कै पर्यौँ।’’

नेपालभ्युज

प्रचण्ड भन्छन्, ‘ओलीले बालुवाटार छाड्नुपर्दैन भनेर महँगा सामान थुपारेका रहेछन्’
फाइल तस्वीर

चितवन। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा बालुवाटार छाड्नै नपर्ने मानसिकताले घर गरेको बताएका छन्।

चितवनमा एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले बालुवाटारमा ओलीले थुपारेका सामान हेर्दा ओलीमा त्यस ठाउँलाई छोड्नुपर्छ भन्ने भावना नै नरहेको देखिएको बताएका हुन्।

प्रचण्डले आफू र प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारमा ओलीले जोडेका सामान देखेर छक्कै परेको बताए। ‘‘ओलीमा त बालुवाटार छाड्नुपर्छ भन्ने नै रहेनछ नि”, उनले भने, ‘‘बालुवाटारमा ओलीले थुपारेको सामान हेर्दा देउवाजी र म त छक्कै पर्यौँ।’’

प्रचण्डले बालुवाटारमा प्रधानमन्त्रीको निवास र सचिवालय बनाउने क्रममा महंगा सामान ल्याएर प्रयोग गरेको बताए। उनले भने, ‘‘नयाँ भवनमा ओलीले थाइल्याण्ड, इटालीलगायत देशबाट महँगा महँगा समान ल्याएका रहेछन्। आफूले छाड्न पर्दैन भन्ने रहेछ उनमा।”

ओलीलाई आफू राजा भएँ भन्ने लागेको पनि प्रचण्डले आरोप लगाए। ओलीले आफू राजा भएँ भन्ठानेर अर्बौँका सामान बालुवाटारमा ल्याएर थुपारेको प्रचण्डको आरोप छ। उनले त्यस्तो काम गर्ने ओलीलाई जनताले चिन्न आवश्यक रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved