टी-ट्वान्टी विश्वकप क्रिकेट

अष्ट्रेलियाको लगातार दोस्रो जित, श्रीलंका पराजित

जितसँगै अष्ट्रेलिया २ खेलमा ४ अंक जोड्दै समूह १ को दोस्रो स्थानमा उक्लिएको छ। श्रीलंका २ खेलबाट २ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

नेपालभ्युज

अष्ट्रेलियाको लगातार दोस्रो जित, श्रीलंका पराजित

काठमाडौं। आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलिया लगातार दोस्रो खेलमा विजयी भएको छ। गएराति भएको खेलमा उसले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङमा आएको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो। उसका लागि कुशल परेरा र चरिथ असलन्काले समान ३५३५ रन बनाउँदा भनुका राजपक्षले ३३ रन बनाए।

अष्ट्रेलियाका लागि मिचेल स्टार्क, प्याट कमिन्स र अदम जम्पाले समान दुई दुई विकेट लिए।

१५५ रनको विजयी लक्ष्यसहित जावाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले १७ ओभरमा मात्रै ३ विकेटको क्षतिमा लक्ष्य भेट्टयो। उसका लागि डेभिड वार्नरले ६५, आरोन फिन्चले ३७ तथा स्टेभन स्मिथले २८ रन बनाए।

श्रीलंकाका वाहिन्दु डे सिल्भाले २ विकेट लिए।

जितसँगै अष्ट्रेलिया २ खेलमा ४ अंक जोड्दै समूह १ को दोस्रो स्थानमा उक्लिएको छ। श्रीलंका २ खेलबाट २ अंक जोडेर चौंथो स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved