शाहरुखका छोरा आर्यनले पाए जमानत

नेपालभ्युज

शाहरुखका छोरा आर्यनले पाए जमानत

एजेन्सी। क्रुज ड्रग्स मुद्दामा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनले जमानत पाएका छन्। मुम्बई उच्च अदालतमा बिहीबार भएको सुनुवाइपछि आर्यनसहित अन्य अभियुक्तले पनि अदालतबाट जमानत पाएका हुन्।

आर्यन खानका वकिल मुकुल रोहतगीले अदालतबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘‘भोलि (शुक्रबार) वा भोलि (शनिबार) भित्र आर्यन जेलबाट बाहिर आउनेछन्।”

मुम्बई उच्च अदालतमा बिहीबार दिउँसो ३ बजे सुनुवाई शुरु भएको थियो। अपराह्न ४ः४५ बजे अदालतले यस विषयमा फैसला सुनाएको हो। धेरै वकिलले मुद्दा लडेपनि जमानत दिलाउन नसकेकोमा अन्तमा भारतका पूर्वन्यायाधीवक्ता मुकुल रोहतगीले आर्यनको तर्फबाट वकालत गरेका थिए।

अभियुक्तको जमानतको विरोध गर्दै एनसीबीका तर्फबाट अतिरिक्त महान्यायाधिवक्ता (एएसजी) अनिल सिंहले बहस गरेका थिए।

७ अक्टोबरदेखि आर्थर रोड जेलमा रहेका आर्यनले २६ दिनपछि जमानत पाएका हुन्। २ नोभेम्बरमा उनका बुबा शाहरुख खानको जन्मदिन छ। त्यसैले अदालतको यो आदेशलाई शाहरुखका लागि अग्रिम जन्मदिनको उपहार मान्न सकिन्छ। अब उनले छोरा आर्यनसँग जन्मदिन मनाउन सक्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved