भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस

नेपालभ्युज

काठमाडौँ। सरकारले तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको लागि राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत जाने पूर्वसन्ध्यामा बेलायतसहितका देशमा राजदूत सिफारिस गरेको हो । राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविद हुन् भने भारतका लागि राजदूत सिफारिस भएका डा. शर्मा अमेरिकाका लागि पूर्व राजदूत हुन्। आचार्य परराष्ट्र सेवाबाट संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त भएका थिए। उनी राष्ट्रसंघीय उपमहासचिव तहसम्म काम गरेर सेवा निवृत्त भएका थिए ।

सत्तारुढ गठबन्धनमा राजदूतको भागबन्डा नमिलिसकेकाले रित्त सबै स्थानमा सिफारिस गरिएको हो। बाँकी राजदूत नियुक्त पछि हुने बताइएको छ । मन्त्रिपरिषद्ले सिफारिस गरेको नाम राष्ट्रपतिबाट अनुमोदन भएपछि तीन देशका राजदूतावासले नेतृत्व पाउनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved