बार्सिलोनाको आँखा जाभीतिर

नेपालभ्युज

बार्सिलोनाको आँखा जाभीतिर

काठमाडौं । बुधबार राति बार्सिलोना लालिगामा रायो भालोकानोसँग १-० गोलअन्तरले पराजित भएसँगै उसका प्रशिक्षक रोनाल्ड कोम्यान बर्खास्तगीमा परे।

दोस्रो डिभिजनबाट हालै मात्र उक्लेको रायोले पाहुना टोली बार्सिलोनालाई पराजित गरेपछि बार्सिलोनाको खेल स्तर खस्किँदै गएको प्रस्ट भएको छ। जारी च्याम्पियन्स लिगमा तिन खेलमा दुईमा हार बेहोरेको उसले एक खेल मात्र जितेको छ। जारी च्याम्पियन्स लिगमा बार्सिलोनाले जम्मा एक गोल गरेको छ।

यसैबीच बार्सिलोनाले आफ्ना प्रशिक्षक कोम्यानलाई टोलीको पहिलो प्रशिक्षकको जिम्मेवारीबाट हटाएसँगै नयाँ प्रशिक्षकको खोजी तीव्र बनाएको छ। क्लबका अध्यक्ष जोन लापोर्टाले रायो भालेकानोसँगको हारपछि कोम्यानलाई बर्खास्त गरिएको जानकारी दिइसकेका छन्।

अब बार्सिलोनाले कोम्यानको ठाउँमा क्लबका पूर्वखेलाडी तथा स्पेनी मिडफिल्डर जाभी हर्नान्डेजलाई क्याम्प नोउमा भित्र्याउन चाहेको छ। गत सिजन एट्लेटिको मड्रडिसँग भएको पराजयअघि देखि नै लापोर्टाले आफूले जाभीलाई क्लबमा भित्र्याउने सोच राखेको बताए।

बार्सिलोनाले सामना गरिरहेको समस्या बाबजुद जाभीले यसलाई सकारात्मक भनेका छन्। उनी प्रशिक्षक भए गत हप्ता रियल मड्रिड र रायोविरुद्ध पराजयपछि उनले त्यहाँ केही परिवर्तन गर्न सक्ने संकेत गरिएको छ।

रायो भालोकानोसँगको हारपछि बार्सिलोना कुनै पनि हालतमा जाभीलाई पाउनेतिर केन्द्रित भएको जनाएको छ।

तर जाभी हाल कतारी स्पोर्टस् क्लब अल सादको मुख्य प्रशिक्षकको रूपमा छन्। उनी सन् २०१५ देखि नै त्यहाँ प्रशिक्षकको रूपमा छन्। जाभीलाई बार्सिलोना फर्काउन बार्सिलोनाले उनको कतारी क्लबसँगको सम्झौताबाट मुक्त गराउनु सक्नुपर्छ। जाभीको उक्त कतारी क्लबसँगको सम्झौता जुन २०२२ मा कतार विश्वकपपछिसम्म छ।

तर बार्सिलोनाको योजनाअनुसार जाभी तुरुन्तै आइपुग्ने देखिँदैन। जाभी नोभेम्बरमा स्पेन जाने कार्यक्रम छ। जतिबेला बार्सिलोनाले अलाभेस, डायनामो किभ र सेल्टा भिगोविरुद्ध तीन खेल खेल्नेछ।

मार्काबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved