चैतसम्म सबै नेपालीलाई खोप लगाइसकिन्छ – स्वास्थ्यमन्त्री खतिवडा

नेपालभ्युज

चैतसम्म सबै नेपालीलाई खोप लगाइसकिन्छ – स्वास्थ्यमन्त्री खतिवडा
फाइल तस्वीर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आउँदो चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने बताएका छन्।

स्वास्थ्य पत्रकार मञ्च नेपालले आज मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा उनले १२ देखि १८ वर्षसम्मका बालबालिकालाई लगाउन १ करोड डोज खोपको मात्रा १२ दिनभित्र नेपाल आइसक्ने पनि दाबी गरे।

नेपालमा खरीद र अनुदानमार्फत करिब दुई करोड कोरोनाविरुद्धको खोपको मात्रा ल्याइने उनले बताए। हालसम्म नेपालमा १ करोड ५४ लाख जनसंख्याले खोप लगाएका छन्। जसमध्ये पहिलो मात्रा ८६ लाख ४९ हजार र खोपको पूर्ण मात्रा लगाउने ६७ लाख ७० हजार छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved