चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाउने प्रधानमन्त्री देउवाको घोषणा

बैठकमा प्रधानमन्त्री देउवाले जसरी भए पनि सबै नेपालीलाई खोप लगाउने बताए। उनले आफैले किनेर, दातासँग मागेर सबै नेपालीलाई आगामी चैत मसान्तसम्ममा खोल लगाइसक्ने बताए।

नेपालभ्युज

चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाउने प्रधानमन्त्री देउवाको घोषणा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत मसान्तसम्ममा सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरेका छन्। कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा बोल्दै देउवाले यस्तो घोषणा गरेका हुन्।

बैठकमा प्रधानमन्त्री देउवाले जसरी भए पनि सबै नेपालीलाई खोप लगाउने बताए। उनले आफैले किनेर, दातासँग मागेर सबै नेपालीलाई आगामी चैत मसान्तसम्ममा खोल लगाइसक्ने बताए।

बैठकमा देउवाले सबै नेपालीलाई निशुल्क कोरोनाविरुद्धको खोप लगाउनका लागि सरकार प्रतिबद्ध रहेको पनि दोहोर्‍याए। उनले दाताबाट आएका खोपले नपुग्ने जती खरिद गरेर खोपमा कमी हुन नदिने बताए।

नेपालमा अहिलेसम्म जम्मा २२ प्रतिशतले मात्रै कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन्। त्यस्तै, ३४ प्रतिशत नेपालीले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved