अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोज्ने पक्राउ

नेपालभ्युज

अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोज्ने पक्राउ

काठमाडौं। अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोज्ने एकजनालाई प्रहरीले  नियन्त्रणमा लिएको छ।

गोकर्णेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षीय मिन बहादुर पाइनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पाइन लगायत ३ जनाले ललितपुर सातदोबाटो बस्ने झापा घर भएका २१ वर्षीय पुरुषलाई अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अवस्थामा प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो।

प्रहरी वृत्त बौद्धका अनुसार ५० दरको ११ थान अमेरिकी डलर, १ दरको १ थान अमेरिकी डलर, २० रुपैयाँ दरको ३ सय ३९ थान नोट, १० रुपैयाँ दरको ३ सय ६७ थान नोट, ४ थान मोबाइल, प्रदेश ०२-३० प ६९१६ नम्बरको मोटरसाइकल र पीडितको ५ लाख रुपैयाँसहित पाइनलाई नियन्त्रणमा लिइएको हो।

फरार अन्य २ जनाको खोजी तथा यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved