तरुण दलको स्थापना दिवस : पाँचतले मन्दिरमा दीप प्रज्वलन

तरुण दलको स्थापना दिवस : पाँचतले मन्दिरमा दीप प्रज्वलन
फाइल तस्वीर

काठमाडौं। नेपाल तरुण दलको स्थापना दिवसका अवसरमा बुधबार साँझ भक्तपुरको ऐतिहासिक सम्पदास्थल पाँचतले मन्दिर परिसरमा दीप प्रज्वलन गरिएको छ। नेपाल तरुण दल भक्तपुर नगर कार्य समितिले दीप प्रज्वलन गरेको हो।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले तरुण एकता आवश्यक रहेको बताए। पार्टीको बलियो खम्बाका रुपमा उभिएको युवा नेता नै भावी नेतृत्वमा पुग्ने हो भन्दै उनले पार्टीको ऐतिहासिक महाधिवेशन भव्यरुपमा सम्पन्न गर्न तरुणको भूमिका महत्वपूर्ण रहने बताए। कांग्रेस लोकतान्त्रिक पार्टी भएको चर्चा गर्दै लोकतन्त्रलाई बचाउन तरुण सँधैं अग्रस्थानमा उभिनुपर्नेमा जोड उनले दिए।

त्यस अवसरमा नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थले नेपाली राजनीतिक परिवर्तनमा तरुणको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे। तरुण एकता बलियो बन्नसके पार्टी बलियो हुन्छ भन्दै उनले पार्टीको महाधिवेशनलाई सफल बनाउन तरुण लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेता राजु थापा र रामसुन्दर खाइतुले कांग्रेस बलियो भए मात्रै प्रजातन्त्र बलियो हुन्छ भन्दै तरुण दल कांग्रेसलाई बलियो बनाउन गाउँगाउँबाट लाग्ने बताए। कांग्रेसका नेता रवीन्द्र प्रधानले राति ७ बजे सम्पन्न भएको दीप प्रज्वलनमा सहभागी नेताहरूले कांग्रेस महाधिवेशनलाई एकताका साथ सम्पन्न गर्दै एकताको सन्देश प्रवाह गर्न प्रतिबद्धता जनाएको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved