बढे कोरोना संक्रमित, डिस्चार्ज हुनेभन्दा थपिने १७७ ले बढी

नेपालभ्युज

काठमाडौं । कोरोना संक्रमणमुक्त हुनेभन्दा संक्रमित हुनेको संख्या बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको विवरणअनुसार देशभर ६७२ मा संक्रमण देखिँदा ४९५ जना डिस्चार्ज भएका छन्।

पीसीआर ७ हजार १ सय ६७ र एन्टीजेन २ हजार ३ सय २८ गरी कूल ९ हजार ४९५ जनाको परीक्षणबाट यो तथ्यांक आएको मन्त्रालयले जनाएको छ। त्यस्तै यो अवधिमा ८ जनाको कोरोना संक्रमणबाट निधन भएको पनि मन्त्रालयले जनाएको छ। हालसम्म भने कोरोनाबाट ११ हजार ३ सय ८० जनाको निधन भइसकेको मन्त्रालयको तथ्यांकमा छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७७ हजार २ सय ७ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्। नेपालमा हालसम्म ३४ प्रतिशतले पूर्ण खोप लगाएका र १ करोड ५४ लाख मात्रा कोभिड खोप लगाइएको छ। ६७ लाखभन्दा बढीले भने कोभिडको दुवै मात्राको खोप लगाएका जनाइएको छ।

त्यस्तै २ करोड डोजभन्दा बढी कोभिडविरुद्धको खोप पाइपलाइनमा रहेको र चाँडै नेपाल ल्याइने मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved