निरन्तर चौथौ दिन पनि बढ्यो कारोबारसँगै शेयर बजार

विगत दुई महीनादेखि घट्दै गएर २६ सय भन्दा तल पुगेको नेप्से परिसूचक आज इन्ट्राडे कारोबार अवधिमा २८ सय बिन्दूमा पुगेको थियो।

नेपालभ्युज

काठमाडौं। साताको पहिलो दिनदेखि नै सुधारोन्मुख देखिएको शेयर बजार चौथौ दिन पनि बढेको छ। बुधबार नेप्से परिसूचक १८ दशमलव ०६ अंकले बढेर २ हजार ७६९ दशलव १३ अंकमा पुगेर बजार बन्द भएको छ।

आज १३ समूहमध्ये बैंकिङ, वित्त, फाइनान्स, ननलाइफ, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्यूचअल, फण्ड र लगानी उपसमूहको परिसूचक बढेको छ।

सबैभन्दा बढी जीवन बीमाको ३१७ दशमलव ७४ अंकले परिसूचक बढेको छ। यस दिन सबैभन्दा बढी बेस्ट फाइनान्स कम्पनीको शेयर ८ दशमलव ६८ प्रतिशतले बढेको छ।

यो साता कारोबार पनि निरन्तर उकालो लागेको छ। अघिल्लो साता ३ अर्बभन्दा कममा झरेको कारोबार यस साता बड्दै गएर बुधबार ६ अर्ब ६१ करोड २६ लाखमा पुगेको छ। यस दिन २२८ ओटा धितोपत्रको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर खरीदविक्री भएको छ।

विगत दुई महीनादेखि घट्दै गएर २६ सय भन्दा तल पुगेको नेप्से परिसूचक आज इन्ट्राडे कारोबार अवधिमा २८ सय बिन्दूमा पुगेको थियो।

यो साताको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेर २ हजार ५८४ दशमलव ५३ विन्दुमा पुगेर बजार बन्द भएको थियो। उक्त दिन २२५ ओटा कम्पनीको २ अर्ब ७७ करोड रुपैयाँ कारोबार भई परिसूचक २ हजार ५८४ दशमलव ५३ विन्दुमा पुगेर बजार बन्द भएको थियो।

यस्तै सोमबार २२९ कम्पनीको ८३ लाख ९५ हजार कित्ता शेयर चार अर्ब ३० करोड ८८ लाख रुपैयाँमा कारोबार भई नेप्से परिसूचक ८७ दशमलव ६३ अंकले बढेर दुई हजार ६७२ दशमलव २५ बिन्दुमा पुगेकोमा मंगलबार नेप्से परिसूचक ७८.८२ अंकले उकालो लागेर दुई हजार ७५१ दशमलव ०७ मा पुगेको थियो।

उक्त दिन २२७ कम्पनीको एक करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर छ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ मूल्यमा खरिद बिक्री भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved