चिनियाँ विदेशमन्त्री भन्छन्, ‘तालिबानहरुसँगको भेटवार्ता लाभदायक रह्यो’

विदेशमन्त्री यीले अफगानिस्तानको अन्तरिम सरकारका उपप्रधानमन्त्रीसँग कतारको राजधानी दोहामा भेटवार्ता गरेका हुन्। मंगलबार भएको द्धिपक्षीय भेटका क्रममा आपसी विश्वमा वृद्धि गर्नुका साथै कतिपय विषयहरुमा स्पष्ट रुपमा छलफल भएको थियो।

नेपालभ्युज

चिनियाँ विदेशमन्त्री भन्छन्, ‘तालिबानहरुसँगको भेटवार्ता लाभदायक रह्यो’

एजेन्सी। चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग भएको भेटवार्ता सकारात्मक रहेको बताएका छन्। अफगानी समकक्षीसँगको भेटपछि यीले वार्ता लाभदायक रहेको बताएका हुन्।

अफगानितस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग विदेशमन्त्री यीले औपचारिक भेटवार्ता गरेका थिए। उक्त भेटले आपसी विश्वासमा वृद्धि भएको विदेशमन्त्री वाङ यीले बताएका अन्तर्राष्ट्रि सञ्चारमाध्यमले लेखेका छन्।

विदेशमन्त्री यीले अफगानिस्तानको अन्तरिम सरकारका उपप्रधानमन्त्रीसँग कतारको राजधानी दोहामा भेटवार्ता गरेका हुन्। मंगलबार भएको द्धिपक्षीय भेटका क्रममा आपसी विश्वमा वृद्धि गर्नुका साथै कतिपय विषयहरुमा स्पष्ट रुपमा छलफल भएको थियो।

उक्त भेटका क्रममा अफगानिस्तानको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ। सो भेटका क्रममा तालिबानहरुले आफ्नो सरकारको नीतिका बारेमा विदेशमन्त्री वाङ यीलाई जानकारी दिएका थिए।

अफगानिस्तानको अन्तरिम सरकारका विदेशमन्त्री अमिर खान मुतागीले अफगानिस्तानको तालिबान सरकारले देशभित्र आतंककारी गतिविधिमा निगरानी राख्ने र मानवअधिकारका पक्षमा काम गर्ने बताए। हाल अफगानिस्तानको सरकार महिला अधिकारको विपक्षमा रहेको भन्दै यसका लागि विश्व समुदायले पनि चासो राखिरहेको छ।

यस विषयमा पनि अफगानिस्तानका विदेशमन्त्री मुतागीले स्पष्ट पारेका थिए। उनले हाल अफगानिस्तानले महिला अधिकार, बालअधिकारका साथै बालबालिकाको अवस्थाका बारेमा पनि निकै चनाखो भएर काम गरेको बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved