मौलिक भाषा, कला-संस्कृतिमाथि अतिक्रमण भइरहेकामा उपराष्ट्रपति चिन्तित

“हाम्रो मौलिक भाषा, संस्कृति र कलामाथि अतिक्रमण भइरहेको छ । हामी जानी नजानी यो अतिक्रमणमा परिरहेका छौँ । हामी सोचौँ त हाम्रो मौलिक भाषा रहेन भने, हाम्रो कला, संस्कृति रहेन भने हाम्रो पहिचान रहला ?”

नेपालभ्युज

मौलिक भाषा, कला-संस्कृतिमाथि अतिक्रमण भइरहेकामा उपराष्ट्रपति चिन्तित
फाइल तस्वीर

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक भाषा, कला तथा संस्कृतिमाथि अतिक्रमण भइरहेकामा चिन्ता व्यक्त गर्दै यसको जगेर्ना गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्।

नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (लोकवार्ता तथा बालसाहित्य) विभाग र लोकवार्ता परिषद्, नेपालद्वारा संयुक्त रूपमा आयोजित परिषद्को दशौँ सम्मेलन एवं ‘लोकवार्ता विमर्श तथा पुस्तक विमोचन कार्यक्रम’को उद्घाटन गर्दै पुनले मौलिक संस्कृतिको जगेर्ना र प्रवद्र्धन गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न आग्रह गरेका हुन्।

“हाम्रो मौलिक भाषा, संस्कृति र कलामाथि अतिक्रमण भइरहेको छ । हामी जानी नजानी यो अतिक्रमणमा परिरहेका छौँ । हामी सोचौँ त हाम्रो मौलिक भाषा रहेन भने, हाम्रो कला, संस्कृति रहेन भने हाम्रो पहिचान रहला ?”, पुनले भने, “भूगोलले मात्रै हाम्रो पहिचान रहन सक्दैन । राष्ट्र भनेको भूगोल मात्रै होइन । मेरो आग्रह छ- हाम्रो मौलिक भाषा, कला, संस्कार र संस्कृति जोगाऔँ । प्रवद्र्धन गरौँ । र, भावी पुस्तालाई हस्तान्तरण गरौँ ।”

उपराष्ट्रपति पुनले प्रज्ञा-प्रतिष्ठान, लोकवार्ता विभागबाट प्रकाशित ‘गोर्खाली युद्धबन्दीका लोकभाका र कथा’ तथा ‘नेपाली लोकरामायणका विविध रूप’ र परिषद्द्वारा प्रकाशित ‘नेपाली लोकवर्ता’को भाग ७, ८ र ९ को विमोचन गरे।

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपालमा भौगोलिक, भाषिक तथा सांस्कृतिक लगायतका अनेक विविधता रहेको उल्लेख गर्दै तिनलाई सहीरूपमा चिन्न सके मात्र नेपाललाई चिन्न सकिने विचार राखे। कार्यक्रममा परिषद्बाट उपराष्ट्रपति पुनलाई सम्मान गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved