आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट

पाकिस्तानको लगातार जित

खेलपछि लगातार २ जितसहित ४ अंक जोडेको पाकिस्तान समूह २ को शीर्ष स्थानमा कायम रहेको छ। पहिलो खेल हारेसँगै न्यूजिल्याण्ड अंकविहीन रहेको छ।

नेपालभ्युज

पाकिस्तानको लगातार जित

काठमाडौं। आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले दोस्रो जित निकालेको छ। सारजाहमा गएराति भएको खेलमा पास्तिानले न्यूजिल्याण्डलाई ५ पिकेटले पन्छाउँदै लगातार दोस्रो जित निकालेको हो।

यसअघि, पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै नयाँ रेकर्ड बनाएको थियो। न्यूजिल्याण्डले भने आफ्नो पहिलो खेलको नतिजा पाकिस्तानलाई सुमिप्एको छ।

सारजाहमा टस हारेर ब्याटिङमा उत्रिएको न्यूजिल्याण्डले निर्धारित ८ विकेटको क्षतिमा १३४ रन बनायो। उसका लागि डेभोन कोन्वे र डार्यल मिचेलले २७/२७ रन बनाए। कप्तान केन विलियमसनले २५ रन जोडे।

पाकिस्तानका हरिस रौफले चार विकेट लिए।

१३५ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि मोहम्मद रिजवानले ३३, असिफ अलीले २७ तथा सोहेब मलिकले २६ रन बनाए।

न्यूजिल्याण्डका इस सोधीले २ विकेट लिए।

खेलपछि लगातार २ जितसहित ४ अंक जोडेको पाकिस्तान समूह २ को शीर्ष स्थानमा कायम रहेको छ। पहिलो खेल हारेसँगै न्यूजिल्याण्ड अंकविहीन रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved