मुक्तिनाथमा बन्ने भयो ढुङ्गाको सबैभन्दा ठूलो विष्णु मूर्ति

शेष घले र डम्बर घलेले गरे आर्थिक सहयोगको घोषणा

नेपालभ्युज

मुक्तिनाथमा बन्ने भयो ढुङ्गाको सबैभन्दा ठूलो विष्णु मूर्ति

मुस्ताङ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिकस्थल मुक्तिक्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो विष्णुको मूर्ति बन्ने भएको छ। यहाँ ३५ फिट अग्लो बुद्धको मूर्ति छ। उक्त क्षेत्रमा ढुङ्गाबाटै कुदेर बनाइएको बुद्धको मूर्तिकै उचाइमा ढुङ्गाकै मूर्ति कुदेर विष्णु मूर्ति बनाउन लागिएको हो। त्यसका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष शेष घलेले ५० लाख दिने घोषणा गरेका छन्।

एनआरएन अमेरिकाका अध्यक्षसमेत भइसकेका सोनाम लामाले ५ करोड बढी रकम खर्चिएर बुद्ध मूर्ति बनाएका थिए। उक्त बुद्धमूर्ति अहिले धार्मिक पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ।

मुक्तिक्षेत्रमा रहेको सोही बुद्धमूर्ति भएकै ठाउँमा पुगेर घलेले विष्णुको मूर्ति बनाउन ५० लाख दिने घोषणा गरेका छन्। नेपालमा बुद्ध र हिन्दु एकदमै मिलेर बसेको  भन्दै घलेले सोही ठाउँमा विष्णुको मूर्ति बनाउन सहयोग गर्न सबैलाई आह्वान पनि गरेका छन्।

यो अभियानमा धेरैभन्दा धेरै व्यक्तिहरूलाई सहभागी गराउन चाहेको भन्दै घलेले एक रुपैयाँ अथवा एक डलर सबैलाई अपनत्व हुने गरी सहभागी गराउने बताए। यसका लागि सोनाम लामा र शेष घले दुई जनाले नेतृत्व गर्ने पनि बताएका छन्।

एनआरएनए पूर्व अध्यक्ष घलेले ५० लाख घोषणा गरेसँगै ब्रिटिस आर्मीका मेजर डम्बर घलेले पनि एक लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन्। नेपालमा सामाजिक श्रोत्रमा क्रियाशील  डम्बर घलेले यसअघि लमजुङ पोखरालगायत धेरै जिल्लामा धेरै सहयोग गरिसकेका छन् ।
मुक्ति क्षेत्रमा रहेको उक्त विशाल बुद्ध मूर्तिलाई आफूले चन्द्रमामा बनाएको घरजस्तै ठानेको पनि घलेको भनाई थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved