टी–२० विश्वकप – दक्षिण अफ्रिकाले हरायो वेस्ट इन्डिजलाई

नेपालभ्युज

टी–२० विश्वकप – दक्षिण अफ्रिकाले हरायो वेस्ट इन्डिजलाई

काठमाडौँ। आइसिसी टी–२० विश्व कप अन्तर्गत सुपर १२ को खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हराएको छ। दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई आठ विकेटले हराएको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा वेस्ट इन्डिजले दिएको एक सय ४४ रनको लक्ष्य दक्षिण अफ्रिकाले मात्र दुई विकेट गुमाएर आठ बल अघि नै भेटायो।

दक्षिण अफ्रिकाका लागि एडम मारक्रमले अविजित ५१ रन बनाए। त्यस्तै रसी भान डेर डसेनले अविजित ४३ र रेजा हेन्ड्रिक्सले ३९ रन बनाए। बलिङतर्फ वेस्ट इन्डिजका अकेल हुसेनले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनायो। वेस्ट इन्डिजका लागि इभिन लुइसले ५६ र कायरन पोलार्डले २६ रन बनाए। बलिङतर्फ दक्षिण अफ्रिकाका ड्वेन प्रिटरियसले तीन, केशव महाराजले दुई, कागिसो रबाडा र एनरिच नोकियाले एक–एक विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved