छोराको नागरिकता बनाउन लाइन बस्दाबस्दै गयो प्राण

नेपालभ्युज

छोराको नागरिकता बनाउन लाइन बस्दाबस्दै गयो प्राण
सांकेतिक तस्वीर

काठमाडौं । कैलालीमा नागरिकता बनाउन लाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका-१२ कि ४० वर्षीय सीतादेवी चौधरी छोराको नागरिकता बनाउन पालो कुरेर लाइनमा बसेकी थिइन्। मंगलबार दिउँसो उनको पालो कुर्दाकुर्दै ज्यान गएको हो। मंगलबार छोराको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय सुखडमा उनी पालो कुरेर लाइनमा बसेकी उनी एक्कासि बेहोस भएर ढलेकी इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक सागर बोहराले नेपालभ्यूजसँग भने, “उनी दुई वर्षदेखि बिरामी थिइन्, उनका थारू समुदायमा मात्र देखिने सिकलसिया एनिमिया भन्ने रोग लागेको रहेछ, घोडाघोडी अस्पतालमा दुई वर्षदेखि उनको उपचार हुँदै आइरहेको थियो।”

कालगतिले मृत्युपछि उनको शव परिवारलाई बुझाइएको पनि उनले जानकारी दिए।

सुखडस्थित इलाका प्रशासन कार्यालयमा सेवाग्राहीको भीड लाग्नेगर्छ। यहाँ सेवाग्राहीले काम सक्न घण्टौं पालो कुर्नुपर्ने बाध्यता रहेको सेवाग्राहीले बताउने गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved