नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

नेपालभ्युज

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ७८.८२ अंकले उकालो लागेर दुई हजार ७५१ दशमलव ०७ मा पुगेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव ५० अंकले बढेर ५१६ दशमलव ०७ मा पुगेको छ। कूल २२७ कम्पनीको एक करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर छ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ मूल्यमा खरिद बिक्री भए।

कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ। बैंकिङ ४५ दशमलव ०१, व्यापार ८३ दशमलव ३६, होटल तथा पर्यटन २३२ दशमलव २, विकास बैंक १८५ दशमलव ८३, जलविद्युत् १२३ दशमलव ५९, वित्त १३६ दशमलव ६६, निर्जीवन बीमा ३१७ दशमलव ५३, उत्पादन १७४ दशमलव ५५, अन्य ४४ दशमलव ८८, लघुवित्त ६८ दशमलव ३१, जीवन बीमा ४९९ दशमलव ९८, सामूहिक लगानी कोष ० दशमलव २१ र लगानी ३ दशमलव ९१ अंकले बढेको छ।

कारोबारका आधारमा कामना सेवा विकास बैंक शीर्ष स्थानमा छ। सो बैंकको ४४ करोड ७४ लाख ५७ हजार ७४६ रुपैयाँ बराबर कारोबार भयो। यस्तै नबिल बैंक ३४ करोड ७८ लाख ७७ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको २४ करोड ५५ लाख १५ हजार ३६० रुपैयाँ , अरुण भ्याली हाइड्रोपावर १६ करोड ७३ लाख १८ हजार र अपि पावर कम्पनी १३ करोड ७० लाख ३६ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार विभिन्न ११ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यसमा वेष्ट फाइनान्स कम्पनी, ङादी ग्रुप अफ पावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् कम्पनी, घलेम्दी हाइड्रोपावरलगायत ११ कम्पनीको शेयर मूल्य १० प्रतिशतले उकालो लागेर सकारात्मक सर्किट लागेको छ।

यस्तै साना किसान विकास बैंक दुई, सानिमा बैंकको ऋणपत्र १ दशमलव ९६, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र १ दशमलव ९४, सिटिजन म्युचुअल फण्ड ० दशमलव ९९ र रैराङ हाइड्रोपावरका लगानीकर्ताले ० दशमलव ९७ प्रतिशतले गुमाए। मंगलबारको कारोबारपछि बजार पूँजीकरण ३८ खर्ब ५१ अर्ब ४६ करोड ७८ लाख ९९ हजार ३२ बराबर पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved