प्रधानन्यायाधीश विवाद

प्रधानन्यायाधीशलाई न्यायाधीशहरूको आग्रह : मार्ग प्रशस्त गरिदिनुस्

प्रधानन्यायाधीशले भने, 'सडकबाट माग्दैमा राजीनामा दिने हो भने न्यायापालिका बच्न सक्दैन'

नेपालभ्युज

प्रधानन्यायाधीशलाई न्यायाधीशहरूको आग्रह : मार्ग प्रशस्त गरिदिनुस्

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।

उनीहरूले एकैपटक भेटेर यस्तो आग्रह गरेका सर्वोच्च स्रोतले जानकारी दिएको हो। यसबारे प्रधानन्यायाधीशले न्यायाधीशहरूलाई भने, “मेरो नियुक्ति संवैधानिक बाटो बाट भएको हो। त्यहीबमोजिम मेरो भूमिका हुन्छ। विवादमा प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिएको खण्डमा मात्रै म पनि राजीनामा दिन्छु। सडकबाट माग्दैमा राजीनामा दिने हो भने न्यायपालिका बच्न सक्दैन।”

प्रधानन्यायाधीशको राजीनामा मागिरहेका सर्वोच्च अदालतका १४ न्यायाधीशहरू प्रधानन्यायाधीशलाई भेट्न उनको च्याम्बरमा गएका थिए। हिजो नै न्यायाधीशहरूले प्रधान्यायाधीशलाई भेटेर ‘निकास दिन’ आग्रह गर्ने निधो गरेका थिए

अदालत आउनासाथ आन्तरिक छलफलमा जुटेका न्यायाधीशहरू तोकिएको इजलासमा नबसी प्रधानन्यायाधीशलाई भेट्न गएका हुन्।

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबरा न्यायिक नेतृत्वमा असफल भएको निष्कर्ष निकालेको थियो। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबरा सर्वोच्चको नेतृत्वमा असफल भएका हिजो बताएका थिए।

प्रधानन्यायाधीश जबराले बारसहित न्यायाधीशहरूको बैठक बोलाएर छलफल गर्ने भने पनि उनी असफल भएका अध्यक्ष श्रेष्ठको दाबी थियो। जबराले बैठक राख्न नसकेका कारण अब उनीबाट त्यो काम नहुने निष्कर्षमा बार पुगेको बताएका थिए।

यसैबीच बीबीसी नेपाली सेवासँग कुरा गर्दै प्रधानन्याधीश जबराले आफूले महाभियोग सामना गर्न तयार भएको र राजीनामा नदिने बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved