न्यायापालिकामा गरिएको राजनीतिक भागबण्डा विसंगतिको प्रमुख कारण हो – न्यायाधीश समाज

न्यायपालिकामाथि निष्पक्षताको कुरामा प्रश्न खडा हुनु र भागबण्डाको आरोप लागेका समाचार, दृष्टिकोण, टीका–टिप्पणी आदि सामाजिक सञ्जाल र आमसञ्चारमार्फत सार्वजनिक हुनु दुःखद् विषय भएको समाजको ठहर छ।

नेपालभ्युज

काठमाडौं। सर्वोच्च अदालतमा अहिले देखिएको समस्याको कारक न्यायपालिकामा गरिएको राजनीतिक भागबण्डा भएको न्यायाधीश समाजले निष्कर्ष निकालेको छ। न्याय परिषद् संयोजनमा नै राजनीति घुसेकाले अहिलेको समस्या देखिएको समाजको ठहर छ।

पछिल्लो समय प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाको फैसला र उनको कार्यसम्पादनको विषयलाई लिएर उनीमाथि महाभियोग लगाउनुपर्ने विषय उठ्न थालेको छ।

पूर्वन्यायाधीश फोरमबाट शुरु प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्ने क्रम सर्वोच्च अदालतका न्यायाधीश हुँदै बार एशोसिएसन र पूर्वप्रधानन्यायधीशसम्म पुगेको छ।

यो पनि 

चार पूर्वप्रधानन्यायाधीशले पनि मागे प्रधानन्यायाधीश राणाको राजीनामा

न्यायाधीश समाजका उपाध्यक्ष बाबुराम रेग्मीले हिजो (८ कार्तिक) सार्वजिनक विज्ञप्तिमार्फत न्यायपालिकामा अब राजनीतिक प्रभाव निषेध अभियान नै चलाउन आवश्यक भइसकेको उल्लेख गरेका छन्।

रेग्मीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘समस्त विकृति विसंगतिको एउटा प्रमुख कारण न्याय परिषद्को संयोजनमा न्यायपालिकामा गरिएको राजनीतिक भागबण्डा र प्रभाव हो भन्ने पनि हामीले ठानेका छौं। न्यायपालिकामा अब राजनीतिक प्रभाव निषेध अभियान नै चलाउन आवश्यक भइसकेको छ।’

समाजको विज्ञप्तिमा न्यायपालिकामाथि निष्पक्षताको कुरामा प्रश्न खडा हुनु र भागबण्डा आरोप लागेका समाचार, दृष्टिकोण, टीका–टिप्पणी आदि सामाजिक सञ्जाल र आम सञ्चारमार्फत सार्वजनिक हुनु दुःखद् विषय भएको उल्लेख छ।

विज्ञप्तिमा लेखिएको छ, ‘न्याय परिषद्को संरचना निर्माणदेखि यसका काम कारबाही, क्रियाकलाप तथा अदालत एवं मुद्दा व्यवस्थापनका विविध पक्षमा गरिएका प्रयोग र परीक्षणको चपेटामा न्यायपालिकालाई पारिएको छ, पार्न खोजिएको छ भन्ने पनि हाम्रो दृष्टिकोण रहेको छ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved