आईपीएल क्रिकेटमा थपिए यी दुई टिम

भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले सोमबार आईपीएलमा आगामी सिजनबाट १० टिमले प्रतिस्पर्धा गर्ने बताएको छ।

नेपालभ्युज

आईपीएल क्रिकेटमा थपिए यी दुई टिम

काठमाडौं। ईन्डियन प्रिमियर लिग, आईपीएल टी-ट्वान्टी क्रिकेटमा दुई टिम थपिएका छन्। थपिएका दुई तथा साविकका आठसहित अब आईपीएलमा १० टिम सहभागी हुनेछन्।

आईपीएलको आगामी सिजनबाट १० टिमले प्रतिस्पर्धा गर्ने भएका हुन्। भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले सोमबार आईपीएलमा आगामी सिजनबाट १० टिमले प्रतिस्पर्धा गर्ने बताएको छ।

आईपीएल खेल्नका लागि बीसीसीआईले दुई फ्रेन्चाईज टिमलाई स्वीकृति दिएको हो। यससँगै अब अहमदाबाद र लखनऊले पनि आईपीएल खेल्नेछन्।

लखनऊ र अहमदाबादलाई ठूला व्यापारिक समूहले खरिद गरेका छन्। सीभीसी क्यापिटल्सले अहमदाबादलाई ५ हजार ६२५ करोड भारतीय रुपैयाँमा खरिद गर्दा गोयन्का ग्रुप (आरपीएसजी)ले लखनऊलाई ७ हजार ९० करोड भार।तीय रुपैयाँमा खरिद गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved