प्रधानन्यायाधीश विवाद प्रकरणमा धारणा बनाउन सत्तारुढ दलका नेता छलफलमा

सत्तारुढ गठबन्धनले दशैँअघि मन्त्रीपरिषद् विस्तार गरेको थियो। प्रधानन्यायाधीश राणाको लागि समेत भाग छुट्टाएको भन्दै आलोचना भएपछि सत्तारुढ गठबन्धन समेत यो विवादमा मुछिएको छ।

नेपाल भ्यूज

प्रधानन्यायाधीश विवाद प्रकरणमा धारणा बनाउन सत्तारुढ दलका नेता छलफलमा

काठमाडौँ। न्यायालयको ‘गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता’ जोगाउन नसकेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विवादमा आएपछि सत्तारुढ दलका नेता छलफलमा जुटेका छन्। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारकी निवासमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो।

अहिले जारी छलफलमा प्रधानन्यायाधीश राणालाई राजीनामा दिन आइरहेको चर्काे दबाबलगायतका समसामयिक विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बताएको छ।

सत्तारुढ गठबन्धनले दशैअघि मन्त्रीपरिषद् विस्तार गरेको थियो। सो क्रममा प्रधानन्यायाधीश राणाको लागि समेत भाग छुट्टाएको भन्दै आलोचना भएपछि सत्तारुढ गठबन्धन समेत यो विवादमा मुछिएको छ। यद्यपी उनीहरूले भने प्रधानन्यायाधीश राणालाई कुनै भाग नदिइएको भन्दै आफ्नो बचाउ गर्दै आएका छन्। छलफलपछि शीर्ष नेताहरूले यसबारेमा गठबन्धनको धारणा बनाउने बताइएको छ।

न्यायालयको गरिमा जोगाउन नसकेको भन्दै सर्वोच्चको बार एशोसियसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गरेको छ। यस्तै नेपाल बार एशोसियनले पनि राजीनामा माग गरेको छ। प्रधानन्यायाधीश राणाले राजीनामा नदिए महाभियोग लगाएर हटाउनुपर्ने समेतका आवाज उठेका छन्।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved