माओवादी आन्दोलनबारेको भ्रम रेको पुस्तकले खण्डन गरेको छः प्रचण्ड

“संघीयता, नयाँ संविधान र गणतन्त्र माओवादीकै एजेण्डा हुन् । शान्ति प्रक्रियाका लागि कसैले आत्मसमर्पण गरेको छैन। यसका लागि हामी सबै एकै बिन्दुमा आइपुगेका हौं”, उनले भने।

माओवादी आन्दोलनबारेको भ्रम रेको पुस्तकले खण्डन गरेको छः प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा रहेको भारतविरोधी धारणा ऐतिहासिक रूपमा भारतको चरित्रसँग जोडिएको टिप्पणी गरेका छन्।

नेपालका लागि भारतका पूर्वराजदूत रन्जित रेको पुस्तक ‘काठमाडौं डिलेमाः रिसेटिङ इन्डिया-नेपाल टाइज्’बारे ‘सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेडेरलिज्म’ले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले नेपाल-भारत सम्बन्ध ‘जटिल, विशिष्ट र ऐतिहासिक’ रहेको दोहोर्‍याए।

“सानो र सार्वभौम देश भएकाले शक्तिशाली देशबाट दमित हुनुहुन्न भन्ने मनोविज्ञान नेपालसँग छ”, दाहालले भने, “यसले नेपालको राष्ट्रिय चरित्र परिभाषित गरेको छ।”

माओवादी आन्दोलन भारतले सिर्जना गरेको भन्ने भ्रम रेको पुस्तकले खण्डन गरेको पनि उनले दाबी गरे।

“नेपालमा अहिले पनि माओवादी आन्दोलन भारतले सिर्जना गरेको भन्ने भ्रम छ। यो पुस्तकले त्यो भ्रम चिरेको छ। १२ बुँदे सहमतिबारे भारतमा दुईथरी धारणा थियो। एकथरी माओवादी आन्दोलनलाई मूलधारमा ल्याउन चाहन्थे भने अर्काथरी त्यसलाई दबाउन चाहन्थे। माओवादी आन्दोलनसँग भारतीय संस्थापनको कुनै सम्बन्ध छैन”, प्रचण्डले भने।

माओवादीले जनयुद्ध नत्यागेको दाबी समेत उनले गरे। नेपाल माओवादीकै एजेण्डामा अघि बढेको उनको दाबी थियो।

“संघीयता, नयाँ संविधान र गणतन्त्र माओवादीकै एजेण्डा हुन् । शान्ति प्रक्रियाका लागि कसैले आत्मसमर्पण गरेको छैन। यसका लागि हामी सबै एकै बिन्दुमा आइपुगेका हौं”, उनले भने।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved