‘क्लिनफिड’ले विज्ञापन बजारलाई विस्तार गर्न सहयोग पुग्यो : मन्त्री कार्की

कार्कीले हालैका दिन मुलुकका केही जिल्लामा बाढी, पहिराबाट भएको जनधनको क्षतिबाट प्रभावित जनतालाई तत्काल राहत दिन सरकारको ध्यान गएको उल्लेख गरे।

नेपालभ्युज

‘क्लिनफिड’ले विज्ञापन बजारलाई विस्तार गर्न सहयोग पुग्यो : मन्त्री कार्की

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विज्ञापन व्यवसायलाई मर्यादित, व्यवस्थित र स्वच्छ बनाउन सबैको सामूहिक प्रयासको खाँचो औँल्याएका छन्।

विज्ञापन बोर्डद्वारा आयोजित विज्ञापन दिवस तथा अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले सञ्चारमाध्यमबाट प्रकाशन÷प्रसारण हुने विज्ञापनले वस्तु वा सेवाको प्रवद्र्धन मात्र नगरी आम उपभोक्ताको हितको समेत सम्बद्र्धन गर्ने हुँदा यसतर्फ सञ्चारमाध्यम र विज्ञापनदाताले ध्यान दिनुपर्नेमा जोड दिए।

कार्कीले विज्ञापनका सामग्रीको उत्पादनदेखि प्रकाशन/प्रसारणमा प्रयोग गरिने भाषा, तथ्यपरक जानकारी हुनुपर्ने बताउँदै राजमार्गमा गरिने विज्ञापन, शहरी क्षेत्रमा राखिएका होर्डिङ बोर्डले जनमानसमा कस्तो प्रभाव पारेको छ भन्नेबारेमा अध्ययन हुन आवश्यक रहेको बताए।

विज्ञापनलाई मर्यादित बनाउन यससम्बन्धी ल्याउन लागिएको आचारसंहिताले सहयोग पुग्ने बताउँदै मन्त्री कार्कीले सरकारले ‘क्लिनफिड’को नीति लिएपछि विज्ञापन बजारलाई विस्तार गर्न सहयोग पुगेको उल्लेख गरे।

कन्त्री कार्कीले मुलुकलाई समृद्धितर्फ लैजान भाषण र दस्तावेजमा उल्लेख गरेरमात्र नपुग्ने भन्दै जनताले अनुभूत गर्ने खालका काम गर्नसके मात्रै राजनीतिक परिवर्तनको अनुभूति हुनसक्ने बताए।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने, “हामीसँग उपलब्ध साधन स्रोतलाई उपयोग गर्दै १० वर्षभित्र दक्षिण एशियाकै समृद्ध मुलुक बनाउन सकिन्छ । यसमा हामी सबै उत्तिकै जिम्मेवार हुनुपर्दछ ।”

कार्कीले हालैका दिन मुलुकका केही जिल्लामा बाढी, पहिराबाट भएको जनधनको क्षतिबाट प्रभावित जनतालाई तत्काल राहत दिन सरकारको ध्यान गएको उल्लेख गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved