प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

नेपालभ्युज

काठमाडौँ। निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी आउँदो चुनावको तयारी बारेमा छलफल गरेका छन्। सोमबार दिउँसो भएको भेटमा आगामी स्थानीय चुनावलगायतका विषयमा कुराकानी भएको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा आयोगका पदाधिकारी सिंहदरबार पुगेका थिए। स्थानीय तहका पदाधिकारीहरूको पदावधि वैशाख, असार र असोजमा सकिँदै छ। यसअघि २०७४ मा तीन चरणमा स्थानीय तहको चुनाव भएको थियो।

प्रधानमन्त्री देउवासँगको भेटमा आयोगमा पदाधिकारीहरूले चुनावका लागि भइरहेको तयारी र आयोगका आवश्यकताहरूबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यता प्रदेश र प्रतिनिधिसभाको समेत अर्ली इलेक्सनका बारेमा चर्चा चलिरहेको छ। यिनै सन्दर्भमा प्रधानमन्त्री र आयोगका पदाधिकारीबीचको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved