एमसीसी पास गर्न आवश्यक छ : परराष्ट्रमन्त्री खड्का

नेपालभ्युज

एमसीसी पास गर्न आवश्यक छ : परराष्ट्रमन्त्री खड्का
फाइल तस्वीर

उदयपुर। परराष्ट्रमन्त्री डा. नारायण खड्काले एमसीसी पास गर्न आवश्यक भएको बताएका छन्। वर्तमान समयमा सरकारमा सबैभन्दा बढी पेचिलो रुपमा चर्चाको विषय बनेको एमसीसी पास गर्नुपर्ने धारणा उनले राखे।

नेपाल प्रेस युनियन उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिक दलहरूबीच सहमति गरेर एमसीसी पास गर्नुपर्ने बताए।  उनले भने, ”एमसीसी पास गर्नु आवश्यक छ, तर दलहरूबीचको सहमतिविना पास गर्न सम्भव छैन, त्यसैले छलफल गरेर सहमति भएमात्र एमसीसी पास हुन्छ।”

उनले एमसीसीबारे गठबन्धनका दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गर्ने बताए। सहमति भए तत्कालै एमसीसी पास हुने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved