असोजमा मात्रै ७४ ओटा मानव अधिकार उल्लंघनका घटना

असोजमा प्रहरीको गोली लागि चार जनाको मृत्यु भएको छ। पत्नी हत्याका तीन, परिवारजनबाट हत्याका दुई, बलात्कारपछि हत्याको एक र अन्य घटनामा चार गरी १४ जनाको हत्या भएको छ। दुई जनाको मृत्यु कारागारमा भएको छ भने एक जनाको मृत्यु हिरासतमा भएको छ।

असोजमा मात्रै ७४ ओटा मानव अधिकार उल्लंघनका घटना

काठमाडौं। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज महीनामा ७४ जना व्यक्ति मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ। इन्सेकले असोज महीना र कात्तिक ७ गतेसम्मको घटनालाई विश्लेषण जारी आइतबार सार्वजनिक गरेको तथ्यांकमा २० पुरुष र ५४ महिला गरी गरी ७४ जना व्यक्तिमाथि मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको उल्लेख छ।

इन्सेकको तथ्यांकअनुसार वाग्मती र लुम्बिनी प्रदेशमा १६/१६, प्रदेश २ मा १४, प्रदेश १ मा ११, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६/६ र गण्डकी प्रदेशमा पाँच जना पीडित भएको उल्लेख छ। असोजमा प्रहरीको गोली लागि चार जनाको मृत्यु भएको छ। यो अवधिमा पत्नी हत्याका तीन, परिवारजनबाट हत्याका दुई, बलात्कारपछि हत्याको एक र अन्य घटनामा चार गरी १४ जनाको हत्या भएको छ। यो अवधिमा दुई जनाको मृत्यु कारागारमा भएको छ भने एक जनाको मृत्यु हिरासतमा भएको छ।

असोजमा अपहरणका घटनामा दुई, कुटपिटका घटनामा सात, घाइते दुई, दुव्र्यवहारका घटनामा चार जना पीडित भएको इन्सेकले जनाएको छ। बालअधिकार उल्लंघनका घटनामा २६ जना बालिका तथा महिला अधिकार उल्लंघनका घटनामा १६ जना पीडित भएका छन् भने बालअधिकार उल्लंघनका घटनामा परी २६ जना बालिका पीडित भएका छन्।

अभिलेखित घटनाहरूमध्ये बलात्कारका घटनामा १९, यौन दुव्र्यवहारका घटनामा ६, बेचबिखन प्रयासको घटनामा एक र विद्यालयमा शारीरिक दण्ड सजायको घटनामा एक जना पीडित भएका थिए। त्यसैगरी बलात्कारका घटनामा ६ जना, बलात्कार प्रयासका घटनामा ६, यौन दुव्र्यवहारको घटनामा एक, बेचबिखन, बेचबिखन प्रयास र घरेलु हिंसाका घटनामा एक÷एक जना महिला पीडित भएका उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved