‘जब पोर्टल’ बनाउँदै प्रिज्मा

नेपालभ्युज

‘जब पोर्टल’ बनाउँदै प्रिज्मा

काठमाडौं। स्थापनाको छोटो समयमा विभिन्न व्यवसायमा सफल उपस्थिति जनाएको प्रिज्मा ग्रुपले तिहार अगाडि सबैभन्दा बढी प्रयोगकर्ता पुर्याउने उद्देश्यसहित ‘जब पोर्टल’ लन्च गर्ने तयारी गरिरहेको छ। प्रिज्मा ग्रुपको आईटी स्टार्टप रहेको प्रिज्मा सफ्ट प्रालिको समूह बनाएको उक्त ‘जब पोर्टल’ अहिले सीमित व्यवसायीक कम्पनीमा मात्रै बेटा जाँच गरिरहेको छ।

प्रिज्मा ग्रुपका संचालक अध्यक्ष तथा नेफारी मिडियाका सीइयो राजेन्द्र चटौतले भने ,”हामीले जिम्मेवारी महसुस गरेरै जब क्रेशन र फेसिलेशनतर्फ काम गर्न लागिपरेका छौँ। हाम्रो छुट्टै अनुभव छ, पहिचान छ, पूर्वाधार छ त्यसैले हाम्रो कसैसंँग प्रतिस्पर्धा छैन। यो पोर्टल जति व्यवसायीक हुन्छ त्यतिनै सेवामुखी हुन्छ।”

नयाँ विशेषता बजारमा प्रदान गरिने उनले बताए।

निर्माता कम्पनीका सहायक कार्यकारी निर्देशक समिर खनालले प्राविधिक पक्ष धेरै राम्रो भएकाले प्रिज्मा प्रयोकर्तामैत्री भएको बताए।

कम्पनीले आफ्नो सेवा दस्तुर भने निर्धानरण गरेको छैन। नेपालमा हालको बेरोजगारीलाई अन्त्य गर्ने उद्देश्यले आफूहरूले सेवा शुरु गर्न लागेको जानकारी खनालले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved