सोमबार १ लाख डोज फाइजर खोप नेपाल आइपुग्ने

नेपालभ्युज

सोमबार १ लाख डोज फाइजर खोप नेपाल आइपुग्ने

काठमाडौं। सोमबार अमेरिकाले अनुदानमा दिने भनेको १ लाख डोज खोप नेपाल आइपुग्ने भएको छ। नेपालस्थित अमेरिकी राजदूताबासले सामाजिक सञ्जाल ट्विटरमार्फत सोमबार १ लाख ६२० डोज खोप नेपाल आइपुग्ने जनाएको छ।

अमेरिकाले यसअघि १५ लाख डोज जोनसन एण्ड जोनसन खोप नेपाललाई अनुदानमा दिएको थियो ।

फाइजर खोप विशेषगरी १२ देखि १८ वर्षसम्मका बालबालिकालाई लगाइन्छ। यद्यपि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै नेपाल आउन लागेको फाइजर खोप दीर्घ रोगीलाई दिने बताएको छ।

शुरुमा यो खोप बालबालिकालाई लगाउने भनिएपनि अहिले दीर्घरोगीहरूलाई लगाउने योजना रहेको मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले बताएका छन्।

‘‘यो खोप लामो समयदेखि औषधि सेवन गरिहेका, मुटु र चिनीरोग जस्ता दीर्घरोगीलाई लगाइने योजना रहेको छ,” उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved