१४ न्यायाधीशद्वारा प्रधानन्यायाधीशसँगको पूर्ण बैठक अस्वीकार

नेपालभ्युज

१४ न्यायाधीशद्वारा प्रधानन्यायाधीशसँगको पूर्ण बैठक अस्वीकार

काठमाडौं। नेपाल बार एशाेसिएसनले सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग राखेको पूर्ण बैठक सर्वोच्चका १४ जना न्यायाधीशले बहिष्कार गर्ने निर्णय गरेका छन्।

पेसी व्यवस्थापनमा गोलाप्रथा र समसामयिक विषयमा नेपाल बारको कार्यसमितिले आइतबार प्रधानन्यायाधीश राणासँग छलफल गरेको थियो। छलफलपछि सोमबार बारसहित सबै न्यायाधीशरूको पूर्ण बैठकले प्रधानन्यायाधीशसँग समसामयीक विषयमा छलफल राखिएको थियो।

न्यायाधीशरूले उक्त बैठकमा नजाने निर्णय गरेका हुन्।

आजको छलफलमा न्यायपालिकाकाे सुधारका लागि बारले दिएको सुझाव कार्यान्वयन गर्ने र न्यायाधीश हरिकृष्ण कार्कीले दिएको सुझावको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको भएको थियो भने पेसी तोक्ने विषयमा गोलाप्रथा मंगलबारदेखि लागू गर्ने निर्णय भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved