मेडिकल कलेज संञ्चालक दुर्गा प्रसाईं एमालेमा प्रवेश

नेपालभ्युज

मेडिकल कलेज संञ्चालक दुर्गा प्रसाईं एमालेमा प्रवेश

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट मानिने चर्चित व्यवसायी दुर्गा प्रसाईं औपचारिक रूपमा नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार झापामा आयोजित कार्यक्रमका बीच उनी एमालेमा प्रवेश गरेका हुन् ।

सर्वोच्च अदालतको फैसलाले नेकपा भंग भएयता उनी केपी शर्मा ओलीतर्फ नजिकिएका थिए। ललितपुरको गोदावरीमा भएको एमालेको विधान महाधिवेशनमा पनि प्रसाईँ सहभागी  थिए ।

तर, आइतबार औपचारिक रूपमा उनले एमाले प्रवेश गरेका हुन् । नेकपा एमाले र माओवादी केन्द्र एकताका ओली र प्रचण्डले उनको घरमा मार्सी चामलको भात खाएको कुरा निकै चर्चामा आएको थियो। उनी झापामा रहेको एक मेडिकल कलेजका संञ्चालक समेत हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved