मलाई अपराधी साबित गरेर संघीयता उल्टाउने प्रयत्न भयो – प्रचण्ड

नेपालभ्युज

मलाई अपराधी साबित गरेर संघीयता उल्टाउने प्रयत्न भयो – प्रचण्ड
फाइल तस्वीर

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता उल्टाउने प्रयत्न भएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा ‘ज्योति स्पर्श र रातो बारुद ’ नामको पुस्तक लोकार्पण गर्दै उनले आफूलाई अपराधी साबित गरेर मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको टिप्पणी गरेका हुन् ।

पदम विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रचण्डले जातीय विभेदका लागि भएका विद्रोहलाई समेत बदनाम गराउन खोजिएको जिकिर गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्र र शान्तिका लागि बन्दुकको व्यवस्थापन गरेपनि मूलधार भनिने पार्टीहरूले अझै पनि पुरातन सोचमा नै रहेको उनको तर्क छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved