एमालेको पार्टी कार्यालय च्यासलमा सर्ने

नेपाल भ्यूज

एमालेको पार्टी कार्यालय च्यासलमा सर्ने

काठमाडौं। नेकपा एमालेको पार्टी कार्यालय ललितपुरस्थित च्यासलमा सर्ने भएको छ। थापाथलीमा रहेको पार्टी कार्यालयको ठाउँ सानो भएकाले च्यासलमा पार्टी कार्यालय सार्न लागेको जनाइएको छ।

महासचिव ईश्वर पोखरेलले फेसबुकमा लेखेका छन्, ‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आज महत्त्वपूर्ण समझदारी। अब केही समय पछिदेखि नेकपा (एमाले)ले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण काम यहीँबाट हुनेछन्।’

पार्टी कार्यालय सानो भएपछि एमालेका सबै बैठकहरू सोही भवनमा हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved