नेपाल एयरलाइन्सले पहाडी जिल्लामा शुरु गर्यो उडान

नेपाल भ्यूज

नेपाल एयरलाइन्सले पहाडी जिल्लामा शुरु गर्यो उडान

काठमाडौं। नेपाल एयरलाइन्स (वायुसेवा निगम)ले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा शुरु गरेको छ।

वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा शुरु गरिएकोे हो। धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा हवाइसेवा सञ्चालन गर्न आजदेखि परीक्षण उडान गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए।

पहाडी जिल्लामा हवाइसेवा शुरु भएपछि यहाँका बासिन्दालाई राहत मिलेको छ। हवाइ भाडा सस्तो भएकाले नियमित उडान गर्नुपर्ने यहाँका बासिन्दाको माग छ। धनगढीदेखि डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५ भाडादर कायम गरिएको छ। धनगढीदेखि बझाङ तीन हजार ९९५ र बझाङदेखि धनगढी तीन हजार ८९५ हवाई भाडादर कायम गरिएको प्रमुख भट्टले जानकारी दिए।

धनगढीबाट पहाडी जिल्लामा निगमले हवाइ उडानका लागि तालिका सार्वजनिक गरिसकेको थियो।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved