प्रदेश १ – बैठक रोक्न एमाले र कांग्रेसको माग

नेपालभ्युज

प्रदेश १ – बैठक रोक्न एमाले र कांग्रेसको माग

काठमाडौं। प्रदेश नम्बर एकको आजको प्रतिनिधि सभाको बैठक स्थगित गर्न सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेका छन्।

आफ्ना सांसद्ले फ्लोर क्रस गर्ने सूचना पाएपछि कांग्रेसले आजको बैठक स्थगित गर्न माग गरेकोमा सत्तारुढ एमालेले पनि त्यसलगत्तै बैठक स्थगितको माग गरेको हो। एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले १५ कार्त्तिकसम्म बैठक स्थगित गर्न माग गरेका हुन्।

प्रदेश नम्बर १ का मख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिन शुक्रबारको प्रदेशसभा बैठकमा प्रस्ताव पेश गरेका थिए।

सभामुख प्रदीपकुमार भण्डारीले उक्त बैठकबाट मुख्यमन्त्रीको प्रस्तावमाथि आज मध्यान्ह १२ः३० बजे बस्ने बैठकमा छलफल गरी मतविभाजन गर्ने घोषणा गरेका थिए।

दुई दलले बैठक रोक्न माग गरेपछि १२:३० मा बोलाइएको बैठक अझैं बस्न सकेको छैन।

यसअघि, मुख्यमन्त्री आचार्यले २५ असोजमै प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव गरेका थिए। तर, २४ असोजमै सभामुख भण्डारीले ५ कात्तिकसम्मका लागि बैठक स्थगित गरेपछि रोकिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved