टी ट्वान्टी विश्वकप

पाकिस्तानलाई इतिहास रच्ने अवसर

टी-ट्वान्टीमा विश्वपकमा भएका पाँच भेटमा भातरले पाँच पटक बाजी मारेको छ। सन् २००७ को पहिलो टी-ट्वान्टी विश्वकपको फाइनलमा भारतले पाकिस्तानलाई हराएको थियो। त्यसै समग्रमा टी-ट्वान्टी भेटमा भएका आठ खेलमा पाकिस्तानले एक खेल जितेको थियो। 

नेपालभ्युज

पाकिस्तानलाई इतिहास रच्ने अवसर

काठमाडौं । आज राति नेपाली समयअनुसार पौने ८ बजे टी ट्वान्टी विश्वकपअन्तर्गत भारत र पाकिस्तान भिड्दै छन्।

दुबई इन्टरनेशनल स्टेडियममा आज खेल हुँदै छ। दुवै राष्ट्र जारी विश्वकपमा पहिलो खेल खेल्ने क्रममा छन्। भारतलाई यो विश्वकपको उपाधि दाबेदार राष्ट्रका रूपमा हेरिएको छ।

१६ राष्ट्र सम्मिलित यो विश्वकपको पहलो चरणका खेलहरू शुक्रबारबाट सकिएका थिए। शनिबार (हिजो) देखि प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहेको सुपर १२ चरणको खेल शुरु भइसकेका छन्।

सन् २००७ बाट शुरु टी-ट्वान्टी विश्वकपमा पाकिस्तानले अहिलेसम्म भारतलाई हराउन सकेको छैन। टी-ट्वान्टीमा विश्वपकमा भएका पाँच भेटमा भारतले पाँच पटक बाजी मारेको छ। सन् २००७ को पहिलो टी-ट्वान्टी विश्वकपको फाइनलमा भारतले पाकिस्तानलाई हराएको थियो। त्यसै समग्रमा टी-ट्वान्टी भेटमा भएका आठ खेलमा पाकिस्तानले एक खेल जितेको थियो।

यी दुई टिमबीच सन् २०१६ पछिल्लो भेट भएको थियो। सन्  टी-ट्वान्टी विश्वकपको सुपर-१० मा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो। त्यस्तै सन् २०१६ कै एशिया कपमा भारतले ५ विकेटको जित निकालेको थियो।

त्यसैगरी सन् २०१४ को टी-ट्वान्टी विश्वकपमा पनि भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो। त्यस्तै सन् २०१२ मा भएको द्विपक्षीय सिरिज र सन् ११ रन र पाँच विकेटले भारतले पाकिस्तानमाथि जित दर्ता गरेको थियो।

विश्वकपका पहिलो चरणका खेलहरू ओमान र यूएईमा आयोजना भए पनि अबका सुपर-१२ चरणका खेलहरू भने यूएईमा मात्र हुनेछन्। जसका लागि तीन‌ ओटा स्टेडियम छुट्टाइएको छ। विश्वकपका खेलहरू खेलिने दुबई, सारजाह र अबुधाबीका क्रिकेट स्टेडियममा यसै वर्ष इण्डियन प्रिमियर लिग (आईपीएल) का खेलहरू पनि सञ्चालन भइसकेका छन्।

पाकिस्तानको टी ट्वान्टी टिम बाबर आजमको कप्तानीमा मैदानमा उत्रिँदै छ भने भारतको टिमको नेतृत्व विराट कोहलीले गर्दैछन्। टी-ट्वान्टी विश्वकपमा कप्तानीको रूपमा कोहलीको यो पहिलो अनि अन्तिम उपस्थिति हुँदैछन्। उनले यो विश्वकपछि उनले टी-ट्वान्टी कप्तानी छाड्ने घोषणा गरिसकेका छन्।

को को छन् पाकिस्तानी टिममा ?

कप्तान बाबर आजमसँगै पाकिस्तानी टिममा असिफ अलि, फकर जमान, हैदर अलि, शुसदिल साह, इमाद वासिम, मोहम्मद हफिज, मोहम्म नवाज, मोहम्मद वसिम, शदब खान, मोहम्मद रिजवान, हरिफ रौस, हसन अलि, शहनवाज दहनी र उस्मान कदिर छन्।

को को छन् भारतीय टिममा ?

विराट कोहलीको कप्तानीमा मैदान उत्रिन लागेको भारतीय टिममा केएल राहुल, रोहित शर्मा, सूर्यकुमार यादव, अक्षर पटेल, हार्दिक पाण्ड्या, रविचन्द्र आश्विन, रवीन्द्र जडेजा, इसन किसन, रिसव पन्त, भुवनेश्वर कुमार, दीपक चहर, जसप्रति बुमराह, मोहम्मद सामी, राहुल चहर, शार्दुल ठाकुर र बरुन चक्रवर्ती छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved