सिटीको फराकिलो जित, घरेलु मैदानमा एभर्टनको लज्जास्पद हार

नेपालभ्युज

सिटीको फराकिलो जित, घरेलु मैदानमा एभर्टनको लज्जास्पद हार

काठमाडौं । इंग्लिस प्रमियर लिगमा गएरातिबाट नवौं चरणका खेलहरू शुरु भएका छन्।

गएराति चेल्सीले शानदार प्रदर्शन गर्‍यो। उनसले नर्विच सिटीलाई एक गोल पनि नखाई सात गोल गर्न सफल भयो। चेल्सीका मोसेन्ट माउन्टले ह्याट्रिक नै गरे भने अन्य तीन जनाले एक-एक गोल गर्दा थप एक गोल चेल्सीले उपहारमा(आत्मघाती) पायो।

त्यस्तै लिगको शुरुआती खेलतिर धर्मराएको आर्सनलले पनि गएराति जित निकाल्न सक्यो। चौथो जित निकाल्ने क्रममा उसले एस्ट भिल्लालाई ३-१ गोलअन्तरले हरायो। जितसँगै आर्सनल लिग तालिकाको नवौं स्थानमा आइपुगेको छ। उसले २ बराबरीसँगै ३ हार बेहोरिसकेको छ।

त्यसैगरी क्रिस्टर प्यालेस र न्यु क्यासलले बराबरी खेल्दा लिड्स युनाइटेड र वुल्भ्स पनि बराबरीमै रोकिए। तर घरेलु मैदानमै एभर्टनलाई भने वाटफोर्डले लज्जास्पद पराजय चखायो। गोडिसन पार्कमा भएको खेल एभर्टनले ५-२ गोल अन्तरले गुमायो। वाटफोर्डका जोसुवा किङले ह्याट्रिक पूरा गरे। जारी लिगमा एभर्टनको यो लगातारको दोस्रो हार हो। आर्सनलझैं बराबरी अंक भए पनि एभर्टन गोलअन्तरका आधारमा ऊभन्दा एक स्थान माथि छ।

राति नै भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले ब्राइटनलाई फराकिलो अन्तरले पराजित गरेको छ। ब्राइटनको घरेलु मैदानमा पाहुना टोली सिटीका लागि इकाइ गुन्डोगोनले पहिलो गोल गरे। त्यसैगरी फिलिप फोडेनले २ तथा रियाद महारेजले एक गोल गरे। समग्रमा ४-१ को नतिजा निकालेको सिटीले ८१ मिनेटमा पेनाल्टीमार्फत एक गोल खाएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved