गायिका मञ्जु पौडेललाई मातृशोक

नेपालभ्युज

गायिका मञ्जु पौडेललाई मातृशोक
काठमाडौं। लोक गायिका तथा सञ्चारकर्मी मञ्जु पौडेललाई मातृशोक परेको छ । उनकी आमा भगवती ज्ञवालीको शनिबार ६५ वर्षको उमेरमा गुल्मीमा निधन भएको हो ।
परिवारका अनुसार केही समय यता क्यान्सरबाट ग्रसित भगवतीलाई भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराएपछि कार्तिक ४ गते गुल्मी लगिएको थियो ।
भगवतीका तीन छोरी विमला गौतम, मञ्जु पौडेल र इन्दु खनाल तथा दुई छोरा सुरेश ज्ञवाली र गणेश ज्ञवाली छन् । गायिका मञ्जुले फेसबुकमार्फत आमाको निधनको जानकारी दिएकी छन् । भगवतीको शनिबार नै गुल्मीको रिडीमा अन्तिम संस्कार गरिएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved