सीके राउतविरुद्ध इन्जिनियर्स एसोसिएसनको प्रदर्शन

नेपालभ्युज

सीके राउतविरुद्ध इन्जिनियर्स एसोसिएसनको प्रदर्शन

काठमाडौं। इन्जिनियर पेशामाथिको दमन बन्द गर्न नेशनल इन्जिनियर्स एशोसिएसन नेपालले माग गरेको छ।

शनिबार माइतिघर मण्डलामा प्रदर्शन गर्दै एशोसिएसनले इन्जिनियरमाथि हुने हरेक दमनलाई रोक्न माग गरेको हो। सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालय प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गरेको भन्दै उनीहरूले प्रर्दशन गरेका हुन्।

उनीहरूले कुशवाहालाई कालोमोसो दलेर नाङ्गै जनकपुरधाम परिक्रमा गराउने कार्य गलत मात्रै नभएर अमानविय भएको बताए। विरोध प्रदर्शनमा नेशनल इन्जिनियर्स एशोसिएसन नेपाल प्रदेश दुईका अध्यक्ष तेजनारायण यादवले भने,  ”प्रदेश २ मा त्रास फैलिएको छ, नेपालमा सीके राउत राज चलेको हो त ?” कुशवाहालाई यदि राज्यले न्याय नदिए आफूहरूले आन्दोलन चर्काउने उनले चेतावनी दिए।

राउतका कार्यकर्ताले जनकपुरधामको ढल व्यवस्थापन र सरसफाईको व्यवस्थापनमा चासो नदेखाएको भन्दै खानेपानी तथा ढल व्यवस्थापन प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गरि कालोमोसो दलेर नगर परिक्रमा गराएका थिए। प्रदर्शनकारीहरूले ‘इज्निनियरहरूमाथि दमन गर्न पाइँदैन’, ‘पीडितलाई न्याय दे’ लगायतका नारा लगाएका थिए।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved