प्रदेश १ मा कांग्रेस नेतृत्वको सरकार सम्भव छ : मन्त्री खड्का

खड्काले प्रदेश नं १ र बागमतीमा आधा/आधा कार्यकाल नेतृत्व गर्ने सम्बन्धमा प्रस्ताव आएको तर अहिलेसम्म निर्णय नभएको जानकारी दिए।

नेपालभ्युज

प्रदेश १ मा कांग्रेस नेतृत्वको सरकार सम्भव छ : मन्त्री खड्का
फाइल तस्वीर

मोरङ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश नं १ मा सरकार गठनको सम्भावना रहेको बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खड्काले आइतबार विश्वासको मतदानपछि कसको नेतृत्वमा सरकार गठन गर्ने सम्बन्धमा निर्णय गरिने जानकारी दिए।

मन्त्री खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी गठबन्धन दलबीच छलफल एवं सहमतिका आधारमा प्रदेश सरकारका सम्बन्धमा ‘प्याकेज’मा निर्णय गरिने बताए।

खड्काले प्रदेश नं १ र बागमतीमा आधा/आधा कार्यकाल नेतृत्व गर्ने सम्बन्धमा प्रस्ताव आएको तर अहिलेसम्म निर्णय नभएको जानकारी दिए। मन्त्री खड्काले कांग्रेसको बहुमत नभएकाले सबै दलबीच आपसी छलफल गरी साझा सहमतिमा एमसीसी पास हुने बताए।

मन्त्री खड्काले राष्ट्रिय जनगणना कार्यालयले लिपुलेक क्षेत्रमा आफ्नो कार्यानुसार जनगणना गर्ने व्यवस्था मिलाउने बताए। एक प्रश्नको जवाफमा उनले ‘अर्ली इलेक्सन’ तत्कालै सम्भावना नभएको तर सत्तारूढ गठबन्धन दलबीच सहमति कायम भएमा आगामी चैत वैशाखमा हुनसक्ने बताए।

मन्त्री खड्काले बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोबाट निधन भएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै बाली तथा पशुपंक्षी क्षतिको तथ्यांक संकलनपश्चात् थप राहत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved